May 22, 2022

24updatemedia

online news portal

गाउँले मिलेर हाते औजारले ७ किलोमिट पुरा चट्टान फोरेर बनाए सडक, त्यसपछि भयो चमत्कार

काठमाडौ । क्लिफ रोड गुइझाउ गाउँ समृद्धिको लागि एकमात्र मेरुदण्ड बनेको छ । सडक नै हेर्न हज्जारौ मानिसहरु गुइझाउ गाउँ पुग्न थालेका छन् ।

अचम्म त यो छ तस्विरमा देखिएको भिमकाय चट्टानको भीरमा मानिसहरुले हातले कुँदेर सडक बनाए । सडक बनाउँन पूरा तीन बर्ष लागेको थियो । तर तीन बर्षपछि यो गाउँमा चमत्कारीक विकास भयो ।हज्जारौ मानिसहरु घुम्न त्यहाँ पुग्न थाले । साना झुप्रा घर भएको गाउँ होम स्टेका लागि अब गाउँ नै पक्की घर बनेको छ ।

हेर्दा सबै नै चकित बन्छन् । रोचक त के छ भने यो भीरभरी भीर मौरीका चाका देख्न सकिन्छ ।अति अग्लो चट्टानको पहाडमा सयर गर्नका लागि हज्जारौ मानिसहरु यहाँ पुग्छन् । गुइझाउ प्रान्तको एउटा घाँटीको बस्तिलाई यही चट्टानले बाहिरी दुनियाँसँग सम्पर्क टुटाएको थियो ।

यहाँ सडक जाने अर्को कुनै विकल्प थिएन । दुबै तर्फ अति ठूलो चट्टानको भीर बीचमा सुन्दर गाउँ थियो ।त्यहाँका बासिन्दाले हाते औजारबाट यो चट्टानको भीरलाई बाटोमा परिणत गर्ने अठोट लिए ।तीन बर्ष लगातार दिन रात ढुंगामा बाटो कुँद्न थाले ।नभन्दै सपना साकार भयो ।

विश्व सडक सञ्जालमा यो गाँउ जोडियो । अहिले असम्भव भन्ने केही रहेनछ भन्दै जो कोहीले यहाँ तस्विरहरु साझा गरिरहेका हुन्छन् ।हेजाङ्ग काउन्टीको शिबान्हे गाउँ यही ढुंगाका कारण पुस्ता देखि बन्द, पृथक र गरीब थियो। एक राम्रो भविष्य बनाउनका लागि बासिन्दाहरुलाई आफ्नो हात चलाउन सिकायो ।

परिणाम चमत्कारपूर्ण भयो । चट्टान मात्र ४७० मिटर थियो । यो अति कडा चट्टान थियो । यसलाई काट्न तीन बर्ष लाग्यो । अन्ततः ७ किलोमिटर लामो सडक विश्व सडक सञ्जालमा जोडियो ।सडक बनेपछि कृषि उत्पादनहरुलाई शहरहरुमा ढुवानी र बेच्न को लागि सम्भव बनायो। यहाँको आय उल्लेखनीय वृद्धि भयो।

Leave a Reply

Your email address will not be published.