गोल्डीकी श्रीमती शिलुले प्रियंकाकी छोरीलाई उपहारमा दिइन् बेरूवा औंठी

युट्युबमा पछिल्लो समय रुचाइएको ‘ब्लाइन्ड डेट’की विजेता शिलु अधिकारी र नायिका प्रियंका कार्कीबीच भेटघाट भएको छ।
सो क्रममा शिलुले प्रियंकाकी छोरी आयांकालाई सुनको रिङ उपहार स्वरुप दिएकी छिन्।
प्रियंकाको युट्युब भ्लगमा शिलु पनि देखिएकी थिइन्। सोही क्रममा शिलुले आयांकालाई बेरुवा औंठी उपहार दिएकी हुन्।
ब्लाइन्ड डेटको विजेता शिलुले सोही कार्यक्रमबाट चर्चामा आएका ‘गोल्डी’ किरण खातीसँग विवाह गरिसकेकी छिन्।
प्रियंकाले यस विषयमा भनेकी छिन्,‘आयंकाको यो पहिलो औंठी हो । एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ।’