May 22, 2022

24updatemedia

online news portal

लिम्बुको शव यस्तो अवस्थामा फेला पर्यो

मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति आफ्नै साथीहरुले ज्या’न लि’एका छन् । यस घटनाको आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी सामान्य वि’वाद हुँदा खुट्टामा बाँ’ध्ने ‘क्र्या’क ब्या’न्डेजले मृतकको घाँ’ ‘टीमा बाँ’धे’रयो घटना घटाएको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

स्थानीय इटाभट्टा छेउमा क्र्या’क ब्या’न्डिजको कपडाले घाँ’ ‘टी बाँ’ ‘धिएको र मुखबाट र’गत ब’गि’रहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोटो फाइल

यो पनि : विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर सङ्घर्षमा

असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् ।
शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनीयरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनीयर र सब इन्जिनीयर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले राससलाई जानकारी दिनुभयो ।

सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ । सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ ।

सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनीयर र सब इन्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो । थप सङ्घर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.