May 22, 2022

24updatemedia

online news portal

सरस्वती प्रधानको रिहाई माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं । रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको रिहाई माग गर्दै प्रदर्शन भएको छ । बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रधानको रिहाई माग गर्दै प्रदर्शन गरेको हो ।

प्रधानलाई निशर्त रिहाई गर्नुपर्ने उनीहरुको माग रहेको छ । उनीहरु ‘सरस्वती प्रधानलाई निशर्त रिहाई गर’ लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार पक्राउ परेकी थिइन् । बबरमहलमा आमासँग बस्दै आएकी रूपाले कोठा खोज्न जाँदा थरका कारण आफूलाई कोठा बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.