May 22, 2022

24updatemedia

online news portal

अठार बर्ष पुगेपछि महिलाको विवाह अनिवार्य गर्न सांसदको माग

पाकिस्तानको सिन्ध प्रान्तमा अठार बर्ष पुगे लगत्तै महिलाहरुको विवाह गर्नुपर्ने एक सांसदले माग गरेका छन् ।सिन्ध प्रान्तीय सांसद सयद अब्दुल राशिदले अठार बर्ष पुगेपछि महिलाहरुलाई अनिवार्य विवाह गर्नुपर्ने व्याबस्था लागु गर्न माग गरेका छन्।

राशिदले सिन्ध कम्पलसरी म्यारिज एक्ट २०२१ प्रस्ताब सिन्ध संसदमा पेश गरेका छन् । पाकिस्तानमा रुढिवादी इस्लामिक, धार्मिक तथा उग्र दक्षिणपन्थी दलहरुको गठबन्धन मुत्ताहिदा मज्लीस इ अमलका सांसद राशिदले यस्तो प्रस्ताब पेश गरेका हुन् ।

अठार बर्ष पुगेका छोरीको विवाह नभएको अबस्थामा उनको अभिभावकले जिल्लाका उप आयुक्त समक्ष विवाहमा ढिलाई हुनुको उचित कारण खुलाउनु पर्ने यदि कारण देखाउन असफल भए पाँच सय रुपैयाँ जरिवाना लागु गर्नुपर्ने प्रस्ताबमा उल्लेख छ ।

पाकिस्तानमा सांसदको यस्तो प्रस्ताबलाई कतिपयले अनौठो कदमको संज्ञा दिएका छन् । सिन्धका युवाका लागि उन्नति, खुसी र सकारात्मक मार्गका लागि संसद सदस्यहरुले आफ्नो प्रस्ताबमा सहमति गर्ने राशिदले आशा व्याक्त गरे ।

समाजमा बालबालिका ब,ला,त्का,र, अनैतिक गतिविधि जस्ता विकृति मौलाउँदै गएको भन्दै यस्ता सामाजिक विकृति नियन्त्रणका लागि पनि यो नियम आवश्यक रहेको राशिदले बताएका छन्। , पाकिस्तानमा विपन्न बालिकाहरुको बाल विवाह एउटा समस्याकै रुपमा देखिएको छ

Leave a Reply

Your email address will not be published.