महिलाको च’रित्र ह’त्या हु’ने गरी भिडिओ प्रसारण गरेको आरोपमा चार युट्युबर पक्राउ

आज भोलि युटुबमा पारिवारिक क’लह देखि दम्पत्तिको सम्बन्ध बारेमा भिडियो खिच्न युट्युबरहरु तछाडमछाड गरिरहेका हुन्छन्। महिलाको च’रित्र ह’त्या हु’ने गरी भिडिओ लिन पनि पछी पर्दैनन । त्यस्तै केहि महिलाको च’रित्र ह’त्या हु’ने खालका अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले चार जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ । विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित च’रि’त्र ह’त्या हु’ने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरेको हो।
दैनिक खबरका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ परेका हुन्।
उनीहरूमाथि च’रि’त्र ह’त्या हु’ने ग’री तथा इज्जत प्रतिष्ठामा आँच पुर्याइ घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूमाथि अनुसन्धान गर्न अदालतले अनुमति दिएको ब्युरोले जनाएको छ।