अनुहार पनि नहेरी कुरा भएको केही घण्टामै बिबाह भएको एक जोडि अहिले टिकटमा भाइरल (भिडियो हेर्नुस)

सामाजिक संजाल टिकटमा एक जोडि अहिले भाइरल छ्न । इलेक्ट्रीसियन काम गर्ने उक्त जोडि टिकटमा आफुले काम गर्दै गरेको भिडियो प्रस्तुत गर्दछन । जसलाई थुपैले मन पराएका छन । उनीहरुबिचको बिबाहको कथा भने रमाइलो रहेछ । अर्घाखाँचीका यम बेलबासे र पाल्पाकी कमला बेलबासेले करिव १५ वर्ष अघि बिबाह गरेका थिए । अहिले उनिहरु बुटवलको सालडण्डिमा बस्दै आएका छन । यमले आफुले गर्ने काममा श्रीमतीलाई पनि सगैँ लगेर काम सिकाएको बताए ।
इलेक्ट्रीसियन तथा प्लमिङ्गको काम गर्दै आएका यमले आफ्नी श्रीमतिलाई पनि काम सिकाए । यमका अनुसार अरु कोहिलाई काममा लैजादा खर्च बढ्ने भएको आफुले श्रीमतिलाई नै काम सिकाएर लगेको बताए । त्यसले गर्दा आफ्नो आम्दानी पनि बढ्नुका साथै यदि आफुलाई केही भै हाले श्रीमती आफै पनि केही गरेर खान सक्ने आत्मानिर्भर हुन सकोस भन्ने सोचले पनि श्रीमतिलाई सगैँ लगेर काम सिकाएको यम बेलबासेले बताए । अहिले टिकटकमा यहि इलेक्ट्रीक को काम गरेको भिडियो उनिहरु पोस्ट गर्छन, जुन निकै भाइरल बनेको छ ।
तर उनिहरुको बिबाहको कुरा भने निकै रमाइलो रहेछ । उनिहरुबिच बिबाह गर्ने कुरा हुदाँ र बिबाहको दिन पनि एक अर्काको अनुहार नदेखेको दुबैले बताए । करिव १५/१६ वर्ष अगाडि यम सोलार जडान गर्ने काम गर्थे । त्यही शिलशिलामा गाउदै दाईहरुबाट उनलाई बिबाहको प्रस्ताव आएकोले उनी कुरा गर्न भनी गएको बताए । दिदिको घरमा आएकी कमला माथिको कोठामा र यम घरको पिडिमा बसेर विवाहको केही कुरा भएको उनिहरुले बताए । बिबाहकि कुरा सकेर बिबाह हुदा पनि आफुहरुले एकाअर्कालाई नहेको उनिहरु बताउछन ।
पहिलेनै बाबू आमा बितेपछी सानो भाईलाई लिएर बसेका यमको कुरा आफुलाई दिदिहरुले सुनाउने गरेको कमलाले बताईन । आफू दिदिको घर गएको बेला यमको बारेमा सुन्ने गरेको उनी बताउँछिन । कतै काम गर्न जादाँ पनि जहाँ खायो त्यतै बस्ने, कसैको खेत वारि जोत्न जादाँ पनि दिएको खाजा आधा खाएर आधा भाईलाई घर लगेर खुवाउने जस्ता कुराहरु आफुले सुन्दा दुख पाएको मान्छेलाई साथ दिदाँ आफुलाई खुशी र सुख भगवानले दिन्छन भन्ने आफ्नो सोच आउने गरेको कमलाले बताइन । तर त्यो साथ बिहे नै हो भन्ने आफुले नसोचेको उनले बताईन । १५ वर्षको सानै उमेरमा विवाहको कुरा भने नसोचेको उनी बताउँछिन ।
दिदिहरुले बिबाहको कुरा गर्दा आफ्नो सोच बिबाह गर्ने नभएको तर दुख परेको मान्छेलाई साथ दिनु पर्छ भन्ने मनमा लागेको उनी बताउँछिन । यमले भने उनको पहिलो कुराले नै आफू अनुहार नहेरी बिबाह गर्ने मन भएको बताउँछन । बिबाहको कुरा पछि हेर्न जादा दाइ हरुले कमलाई केटा सोझो छ भन्दा कमलाले हेर्दा हसियाँ जस्तो कोहि पनि हुदैन, उस्को ब्याबहार कति बाङ्गिएको छ त्यो त अहिले कसरी थाहा हुन्छ र ? भने पछि आफू त्यही कुरामा प्रभावित भएको बताए । कमलालाई बिहेको बारे सोध्दा बुवाआमालाई सोध्ने कुरा गरे पछि यमले बुवाआमा सगँ बिहे गर्ने होइन यदि आफू भित्र बिहे गरेर घर गरि खान सक्छु भन्ने आट भए बिबाह हुन्छ नत्र हुदैन भनेर हिडेको बताए । भोलिपल्ट उनिहरुबिच बिबाह गर्ने तय भएको उनिहरु बताउँछन । (भिडियो हेर्नुस)