सुरक्षा गार्डलाई गोली हानेर सिटिजन ब्यांंक लुटपाट, पेस्तोलसहित तीन पक्राउ

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेका सिटिजन ब्यांंकको शाखामा मंगलबार अपराह्न लुटपाट भएको छ। लुटपाटमा संलग्न रहेको आरोपमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, मोरङ प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
लुटेरा समूहले सुरक्षागार्ड शितल कुँवरलाई गोली हानेर ब्यांकभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घाइते सुरक्षागार्डको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
साप्ताहिक हाट लागेकाले भिडभाड रहेको कर्सिया बजारको ब्यांकमा पाँच जनाको हतियारधारी समुह प्रवेश गरेको थियो। लुटेर भारततर्फ भाग्दै गर्दा धनपालथान–२ स्थित खयरवनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। “नेपाली नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर सीमा क्षेत्रतर्फ लाग्दै थिए, बाटोमै रोकेर पक्राउ गर्न सक्यौं,” एक प्रहरी अधिकृतले भने। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
लुटेरा समुहमध्ये दुई जना भागेका छन्। ब्यांंकबाट कति रकम लुटियो भन्ने एकीन हुन बाँकी रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन्। चाडपर्व लक्षित सुरक्षा योजना बनाएर बजार क्षेत्रमा प्रहरी परिचालन गरिएका वेला ब्यस्त बजारमा लुटपाट भएको हो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
भारतीय सीमाबाट चार किलोमिटर उत्तरमा रहेको कर्सिया बजारको ब्यांंक लुटिएपछि जिल्लाका सुरक्षा प्रमुख त्यस क्षेत्रतर्फ गएका छन्। घटनाको अनुसन्धान भई रहेकाले अहिले केही भन्न सकिने सुरक्षा अधिकारी बताउछन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला