May 22, 2022

24updatemedia

online news portal

चोक तिर केटाहो चोक तिर´ भन्दै भाइरल हुने चितवन गड्यौलीका यी युवाले फेरे काँ’चुली(भिडियो सहित )

पछिल्लो समय सामाजिक संजालमा एउटा बोली निकै भाइरल रहेको छ । सामाजिक संजाल टिकटक तथा फेसबुकमा भाइरल भएको त्यो वाक्या हो `कता हो केटाहो ? चोक तिर केटाहो चोक तिर´ । यहि बोलेको एक भिडियो सामाजिक संजाल टिकटकमा पोस्ट भए पछि त्यसले धेरै नै चर्चा पाएको छ । टिकटकमा त यो वाक्य भाइरल भयो नै अहिले फेसबुकको स्टाटसहरुमा पनि यो वाक्य थुप्रै देखिने गरेको छ । कतै घुम्न गएको फोटो फेसबुकमा अप्लोड गर्दा पनि स्टाटस चोक तिर हो चोक तिर भन्दै धेरैले लेख्ने गरेका छन ।

त्यही वाक्य सर्वप्रथम टिकटकमा बोलेर भिडियो पोस्ट गर्ने ब्याक्ती हुन चितवन जिल्लाको गड्यौलीका मनबहादुर । मनबहादुरलाई उक्त वाक्य बोल्न भने उनका एक जना साथीले लगाएका थिए । युट्युबका लागि भन्दै उनले बनाएको मनबहादुरको भिडियो उनले खिचेका हुन । तर युट्युबका लागि खिचेको उक्त भिडियो अन्त्यत टिकटकमा भाइरल बन्यो । स्पष्ट रुपमा बोल्न नसक्ने मनबहादुर र उनकी भिडियो खिच्ने गणेश एकै ठाउँका बासिन्दा हुन । मनबहादुर सबैसगँ जहाँ भेट्दा पनि बोल्ने बोलाउने गरेको गणेशको भनाई छ ।

उक्त भिडियो खिच्नु भन्दा अगाडि आफू खेत जाँदै गर्दा मनबहादुर गड्यौली चोकमा भेटिए । भेटिने बित्तिकै मनबहादुरले गणेशलाई बोलाए पछि उनलाई आफुसगँ आउन बोलाएको गणेशले बताए । उनी आफुकहा आउदै गरेको छोटो भिडियो खिछे पछि आफुलाई मनबहादुरसगैँ गएर एउटा युट्युबको लागि ब्लग बनाउने सोच आएर आफुले सगै खेत लगेको बताए । आफ्नो बाइकमा बसाएर लादै गर्दा मनबहादुरले मोबाइल चलाउन मागे । आफुले मोबाइल दिएर भिडियो बनाउ वरपर तिर देखाउँदै बोल्दै भिडियो बनाउ भनेर मोबाईल दिए पछि उनले उक्त वाक्यको भिडियो बनाएको बताए ।

उनलाई भिडियो बनाउ भन्दै मोबाइल दिदा बोलिमा भगवान नै बसेको जस्तो भएको उनी बताउँछन । त्यतिकै रमाइलोको लागि बनाएको उक्त भिडियो अहिले यति भाइरल होला भनेर आफुले नसोचेको गणेश बताउछन । उनलाई मोबाइल दिएर भिडियो बनाउ भने पछि मनबहादुरले फाल्टै जोसका साथ चोक तिर केटा हो चोक तिर भन्दै भिडियो करिब १५ मिनेट जतिको बनाएको गणेशले बताए । आफुले प्राय मनबहादुरलाई लिएर कतै न कतै गुमाउने गरेको भएता पनि त्यो दिन भेटेर बनेको भिडियोले भने अहिले चर्चा पाएको उनको भनाई छ

त्यो दिन आफुहरुको सुनौलो दिन नै भएको गणेशले बताए । अहिले टिसर्टमा पनि `चोकतिर हो केटाहो चोकतिर´ भन्ने वाक्य लेखेर प्रीन्ट गरेर थुप्रैले लगाएका छन । मनबहादुर आफैले पनि सोही प्रीन्टको टिसर्ट लगाएर हिड्ने गरेका छन । अहिले आफुलाई देख्नेहरु सबैले भाइरल भएको भाइ भन्ने गरेको मनबहादुरले बताए । यसरी भाइरल हुन पाएर सबैले आफुलाई चिन्दा खुशी र रमाइलो लागेको मनबहादुरले बताएका छन । बाटो तिर हिड्दा अहिले धेरैले आफुसगँ फोटो खिच्ने टिकटकमा भिडियो बनाउने गरेको उनको भनाई छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published.