May 22, 2022

24updatemedia

online news portal

सत्तरी वर्षको उमेर तर तौल मात्र १२ किलो, छोराले काखमा बोकेर हिड्छन् सधै (भिडियो हेर्नुस)

पछिल्लो समय सामाजिक संजाल टिकटकमा एउटा भिडियो निकै भाइरल भयो । उक्त भिडियोमा एक छोराले आफ्ना बुवालाई काखमा सानो बच्चालाई जस्तै बोकेर नाचेको देख्न सकिन्छ । तिनै ब्यक्ति अहिले मिडियामा पनि छ । उनि हुन रुपन्देही जिल्लाको बुटवलका कृष्ण प्रसाद पौडेल । उनी ६८ वर्षका भए । तर उनको तौल भने जम्मा १२ किलोग्राम रहेको छ । उनी आफै हिडडुल गर्न सक्दैनन । व्हिलचियरको मद्धतले हिड्ने उनी बोल्न, पढ्न, लेख्न भने अझै राम्रैसगँ सक्छन ।

उनी अर्घाखाँचीमा जन्मिएका हुन । आफ्ना बाबू ज्वतिष भएकाले आफुले पनि त्यही कुरामा रुचि राखेर ज्वतिषशास्त्र पढ्ने आफ्नो इच्छा भएको उनी बताउँछन । तर कक्षा पाचँ पढेर ६ कक्षामा पढ्ने बेला करिव २२ दिनसम्म ज्वरो आएर निको भए पछि हात खुट्टा दुख्न थालेको उनको भनाई छ । त्यतिबेला जाने जति र भए जति सम्पुर्ण आयुर्वेदिक उपचार देखि लिएर धामीझाँक्री इत्यादी सबै गर्दा पनि आफुलाई ठिक नभएर आफू हिडडुल गर्न नसक्ने भएको उनले बताए

त्यो बेला पाल्पामा अस्पताल भएको हुदा करिब ३ दिन लगाएर आफुलाई डोकोमा बोकि अस्पताल लगिएको उनी बताउँछन । त्यहा पनि एक महिना बस्दा पनि ठिक नभएको उनले सुनाए । सानै उमेरमा नै रोग लागे पछि आफ्नो शारीरिक विकास हुन नसकेर अहिले यो अवस्थामा बाचिँरहेको उनले बताएका छन । त्यही बेलाबाट आफ्नो खुट्टाले शरीर थाम्न नसकेर आफू ओछ्यानमै जिन्दगी बिताउँदै आएको उनिले बताएका छन । अहिले आफ्नो सम्पुर्ण शरीरमा बिराम लागेको उनले बताए ।

बिराम नलागेको हातको एउटा औला मात्र भएको उनले देखाए । उक्त औला भने सामान्य मानिसको जस्तै सिधा रहेको छ भने अन्य औलाहरु बाङ्गोटिङ्गो रहेका छन । आफू यस्तो भएता पनि आफुले पहिले गाउमाँ स्कुल खुल्ने त्यसलाई संचालन गर्ने इत्यादी काम गरेर अहिले थुप्रै प्रतिष्ठित मान्छेहरुलाई आफ्नो बनाएर उनिहरुकै सहयोग पनि राम्रो पाउने गरेको उनले बताएका छन । आफू उनेर हुदा शारीरिक अवस्था जस्तै भए पनि सामाजिक कार्यमा जुटेको बताउँछन ।

आफू सानै उमेरमा यस्तो भए पछि त्यो बेला देखि आफ्नी आमाले स्यहार्दै आएको उनी बताउछ्न । आमा पछि आफ्नो भाईले आफुलाई साथ दिएको उनको भनाइ छ । तर भाइ पनि अकस्मात हृदयघातबाट गए पछि भाइ बुहारिले पनि आफुलाई राम्रो ख्याल गरेर राखेको उनी बताउँछन । अहिले भने आफू भाइको छोरा बुहारीको साथमा रहेको बताए । आफू सानै उमेरदेखि यस्तो भए पछि आफन्तकै सहारामा आफू बस्दै आएको बताउँछन । अहिले पनि भाइकै छोरा भए पनि उस्ले आफ्नै छोरा जस्तै गरि आफुलाई साथमा राखेर स्याहार गरेको उनी बताउँछन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published.