May 22, 2022

24updatemedia

online news portal

एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा

काठमाडौं : नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीकाे दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ । नता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययकाे संख्या थप्न गर्न राखेकाे प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेकाे छ ।

अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पाेलिटब्यूराे ब्यूताएकाे छ । ९९ सदस्यीय पाेलिटब्यूराे हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ । पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्‍याउने निर्णय भएकाे छ ।

Leave a Reply

Your email address will not be published.